काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७६/७७ मा २४ हजार आठ सय ९० उजुरी परेका छन् । त्यसमध्ये १६ हजार पाँच सय ८६ वटा उजुरी फर्छ्याेट भएकाे छ ।
आयोगले गएको आर्थिक वर्षमा प्राप्त भएका उजुरीमध्ये ६६ दशमलव ६४ प्रतिशत उजुरी फर्छ्याेट गरेको छ । यस्तै आयोगले गएको आर्थिक वर्षमा एक सय ४१ वटा मुद्दा विशेष अदालत काठमाण्डाैमा दायर गरेको छ । अदालतबाट प्राप्त फैसलामध्ये ८४ दशमलव ८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम गरिएको छ ।
एक सय ४१ वटा मुद्दामध्ये सबैभन्दा धेरै घुस लिएको दुई सय ६ वटा, सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएकाे ७४ वटा र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा चार वटा घटना रहेका छन् ।
घुस लिएबापत अख्तियारले एक सय ८१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा राष्ट्रसेवक कर्मचारीहरु दुई सय ८ जना, बिचौलिया १५ जना र १४ जना निर्वाचित मनोनित पदाधिकारी रहेका छन् । राष्ट्रसेवक कर्मचारीमध्ये दुई जना विशिष्ट श्रेणीका रहेकाे आयोगले जनाएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया