Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लद्दाख पुगेर भारतीय रक्षा मन्त्री सिंहले भने, ‘विश्वको कुनै शक्तिले हाम्रो एक इन्च भूमि पनि खोस्न सक्दैन’

काठमाण्डौ – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारत–चीन सीमा विवाद समाधान गर्न वार्ता गरिरहेको र विवादको हल निस्कने आफूलाई विश्वास लागेको बताएका छन् । 

लद्दाख पुगेर भारतीय सैनिकलाई सम्बोधन गर्दै राजनाथ सिंहले भने, ‘अहिलेसम्म छलफलमा भएको प्रगतिलाई हेर्दा विवाद समाधान हुनुपर्छ । कहाँसम्म समाधान हुन्छ, त्यसको ग्यारेण्टी छैन । तर विश्वको कुनै पनि शक्तिले भारतको एक इन्च जमिन पनि कसैले खोस्न सक्दैन, भारतीय जमिनमा कसैले कब्जा गर्न सक्दैन ।’

गएको १५ जुन तारिखमा गलवान उपत्यकामा भारत र चीनको सैनिकबीच भएको सङ्घर्षमा भारतीय पक्षका २० सैनिकको ज्यान गएको थियो । त्यो घटनामा चिनियाँ पक्षको क्षतिको बारेमा पनि अझै पनि आधिकारिक जानकारी आइसकेको छैन ।

राजनाथ सिंह शुक्रबार लद्दाख पुगेर सीमावर्ती इलाकाको भ्रमण गरेर लुकुङ्ग चौकी पुगेर भारतीय सेना जवान र अधिकारीसँग भेटघाट गरेका थिए । रक्षा मन्त्रीसँगै सेनाध्यक्ष जनरल एमएम नरभाने र चिफ अफ् डिफेन्स स्टाफ बिपिन रावत पनि लद्दाख पुगेका थिए । 

१५ जुनको घटनापछि भारत र चीनबीच विवाद बढ्दै जाँदा विभिन्न स्तरमा वार्ता भइरहेको छ । यसअघि जुलाई ३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लद्दाख पुगेका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP