काठमाडौं । लघुवित्त संघ, नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले अर्थतन्त्र पुनरुत्थान गर्नेगरि मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनीक गरेको मौद्रिक नीति २०७७–०७८ पछि प्रतिक्रिया दिदै उनले कोरोना भाईरसले प्रभावित अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्याउने गरि मौद्रिक नीति ल्याएको बताएका हुन् ।
यस्तै उनले लघुवित्त संघ नेपालको आधारिक प्रतिक्रिया भने नीतिको प्रभावको मूल्यांकन हरेपछि मात्र आउने बताए ।
उनले लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्थाले भने साना तथा नयाँ कम्पनी प्रभावित हुने बताए । ऋणिलाई सहज भएपनि कम्पनीलाई समस्या हुने बताए ।
मौद्रिक नीतिले लुघुवित्त संस्थाको नयाँ लाइसेन्स रोकेको छ । त्यसलाई भने संघले स्वागतयोग्य भनेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया