Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आत्महत्या गर्नेमा पुरुष धेरै

काठमाण्डाै – घटना १. रामेछापको मन्थली नगरपालिका ३ का ३४ वर्षीय सुनबहादुर कार्कीले दुई वर्ष पहिले सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी टिप्पर किने । 

लकडाउनमा टिप्पर रामेछापमै थियो ।  मर्मत गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर सुनबहादुरले असार ५ गते टिप्पर काठमाण्डौ ल्याए र कम्पनीको ग्यारेजमा राखे । 

असार ७ गते गाडी मर्मत गरे । गाडी मर्मत गर्नेबित्तिकै किस्ता नतिरेको भन्दै सुनबहादुरको गाडी कम्पनीले लियो । 

लकडाउनमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी लिएपछि सुनबहादुर ठूलो पीडामा परे । यही पीडामा रहेका सुनबहादुरले असार ९ गते बिहान जडीबुटीको तरकारीबजार नजिकै रहेको  मनोहरा खोलामा हाम फालेर आत्महत्या गरे । 

घटना २. गएको जेठमा अछामको बयलपाटा अस्पतालले ३२ जना कर्मचारीलाई कामबाट निकाल्यो । लकडाउनको समयमा कामबाट निकालिँदा कामदार चिन्तित बने । यस्तै चिन्तामा रहेका अछामको भागेश्वर गाउँपालिकाका २२ वर्षीय सिद्धार्थ आउजीले जेठ २६ गते आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्या गरे । 

घटना ३. गएको असार ३ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका देवबहादुर विकले आत्महत्या गरे । नगरपालिकाकाे वडा नम्बर ५ मा रहेको हरि माविमा रहेको क्वरेण्टीनमा बसेका विकले नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे ।

४३ वर्षीय आउजी गएको जेठ १० गते भारतको पञ्जाबबाट फर्केका थिए । 

लकडाउनयता १ हजार ८ सयले आत्महत्या गरे, पुरुष बढी

प्रहरी प्रधान कार्यालय नक्सालकाअनुसार लकडाउन सुरु भएको चैत ११ गतेदेखि असार २० गतेसम्म एक हजार आठ सय जनाले आत्महत्या गरेका छन् । यस अवधिमा आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष रहेका छन् । लकडाउनमा एक हजार ३४  पुरुषले आत्महत्या गरेका छन् ।

यसै अवधिमा सात सय ६६ जना महिलाले आत्महत्या गरेका छन् । तीमध्ये एक सय १७ बालिका र ८० जना बालक रहेकाे प्रहरीको तथ्याङ्कले देखाएको छ ।

लकडाउनभन्दा पहिले पनि आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या नै धेरै रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । माघदेखि चैत १० गतेसम्मको तथ्याङ्कअनुसार चार सय ३३ जनाले आत्महत्या गरेका छन् । यसमध्ये दुई सय ४८ जना पुरुष र एक सय ८५ जना महिला छन् । 

आत्महत्या गर्नेमा किन पुरुष धेरै ?

मनोविद् नानी थापा 

 आत्महत्या गर्नुका पछाडि विभिन्न कारणहरु हुन्छन् । अरु समयभन्दा लकडाउनमा आत्महत्या गर्नेको सङ्ख्या बढेको देखिन्छ ।     त्यसमा पनि पुरुषको सङ्ख्या धेरै छ । धेरै पुरुषले आफ्नो चिन्ता, पीरबाहिर देखाउन सक्दैनन् । अहिले पनि हाम्रो समाजमा   महिलाले घरको काम गर्ने र पुरुषले बाहिरबाट पैसा कमाएर ल्याउनुपर्छ भन्ने मान्यता छ ।  

 घर धान्न छोराछोरी, श्रीमती, आमाबुवा सबैको आर्थिक भारको जिम्मा पुरुषलाई हुन्छ । अहिले लकडाउनका कारण आयआर्जनको     बाटो नै बन्द हुँदा पनि पुरुषले आत्महत्या गरिरहेका छन् ।

 लकडाउन नहुँदा कतिपयले भारी बोक्दै परिवारको खर्च धानिरहेका थिए । कतिपयले होटलमा काम गर्दै परिवार पालिरहेका थिए । तर अहिले सबै काम बन्द छ ।

काम बन्द हुँदा पैसा आउने बाटो रोकियो, जसले गर्दा चरम आर्थिक सङ्कट उत्पन्न भयो । आयआर्जनको बाटो बन्द हुँदा र अन्य विकल्प नहुँदा धेरै पुरुष मानसिक समस्यामा जान्छन् र आत्महत्या गर्नसमेत पुग्छन् । 

अर्को कुरा लकडाउनले गर्दा व्यापार, व्यवसाय र कारोबार ठप्प छ । कुनै ठाउँमा धेरै ऋण लिएर व्यापार गरिरहेको र लकडाउनमा कारोबार गर्न नपाउँदा लगानी डुब्छ । अब के गर्ने भन्दै पुरुषआत्तिन्छ र आत्महत्याको बाटो रोज्छ ।  

आत्महत्या भनेको शरीरको हत्या हो, आत्माको हैन । यो समस्याको समाधान पनि हैन । कुनै पनि कुराले आफूलाई चिन्ता थपिएको छ, खान मन लाग्दैन, निद्रा लाग्दैन भने यस्ता कुराहरु आफन्तसँग शेयर गर्नुपर्छ । साथीभाइलाई पनि भन्नुपर्छ । यस्ता कुरा कसैलाई नभनेर यत्तिकै बस्ने हो भने मान्छे डिप्रेसनमा पुग्छ र पछि गएर मानसिक रोगको सिकार नै हुन्छ ।

मरेर आफू त समस्याबाट उम्कन सकिएजस्तो लाग्ला तर यसले परिवार, साथीभाइ र आफन्तलाई पछिसम्मको पीडा दिन्छ । समस्यासँग डराउने भाग्ने हैन, यो सँग जुध्नुपर्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP