Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गाडी चलाउने बारे व्यवसायी विभाजित, एउटा समुह आजदेखि सडकमा, अर्को समुह छलफलमै

काठमाडौँ । सार्वजनिक सवारी साधन संचालन गर्ने बारेमा यातायात व्यवसायीहरु नै विभाजित भएका छन् । व्यवसायीहरुको एउटा समूहले आजदेखि यातायात सेवा सूचारु गर्ने जनाएको छ भने अर्को पक्ष अझै पनि छलफलमै रहेको छ ।

सार्वजनिक यातायात व्यवसायी महासंघले आफु मातहतका यातायात व्यवसायीहरुलाई आजदेखि यातायात सेवा सूचारु गर्न आग्रह गरेको छ भने यातायात व्यवसायी राष्ट्रिय महासंघले आज पनि छलफल नै गर्न लागेको छ ।

यातायात सेवा सुचारु गर्ने निर्णय सरकारले केही दिन पहिले गरेपछि अनेक समस्याका कारण तत्काल सवारी साधन संचालन गर्न आनाकानी गर्दै अनेक सर्त राखेका व्यवसायीहरु अहिले आफै विभाजित भएका हुन् ।

यातायात सेवालाई कसरी सूचारु गर्ने भन्ने बारेमा आज पनि दिउँसो १ बजे व्यवसायीहरुका बीचमा छलफलको आयोजना गरिएको महासंघका अध्यक्ष विजय स्वारले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मौद्रीक नीतिले व्यवसायीका धेरै मागहरुलाई सम्वोधन गरेकाले व्यवसायीहरु खुशी भएर सवारी साधन चलाउन तयार रहेका छन् । तर उनीहरुले अझै एउटा सर्त भने पुरा नभएकाले त्यसका बारेमा छलफल चलिरहेको हो ।

यातायातका साधन संचालन गर्दा स्वास्थ्य सुरक्षा छ भन्ने सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषय मात्रै अहिले आफुहरुको सर्त रहेको अध्यक्ष स्वारले बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक यातायातका यात्रु र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा र सतर्कता सुनिश्चित गर्ने उपायहरुका बारेमा आजको बैठकमा छलफल हुनेछ ।

यातायात मजदुर र यात्रुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने केही मापदण्डहरु तयार पारेर यातायात सेवा सुचारु गरिने अध्यक्ष स्वारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP