पाल्पाको रामपुर नगरपालिका–१, स्यालीबजारमा पहिरोले दुई घर पुरिएका छन् । स्थानीय दानस मल्लका अनुसार अविरल वर्षासँगै खसेको पहिरोले लक्ष्मी मल्ल र गमबहादुर मल्लको घर पुरेको हो ।
अन्य तीन घर जोखिममा परेका छन् । पहिरोले घर पुरेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् । पहिरो आउदा थाँहा पाएपछि मासिहरु भाग्न सफल भएकाले कुनै मानविय क्षेति भने नभएको बताइएको छ ।
यसैबीच, अविरल वर्षाका कारण रामपुरदेखि पूर्वी नवलपरासी जाने कालीगण्डकी करिडोरको दर्जन बढी स्थानमा ठूलाठूला पहिरो खसेको छ । पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया