Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताको भेला

कामाठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुर्व एकिकृत नेकपा माओवादिका आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

आज (सोमबार) खुमलटारस्थित आफ्नै निवासमा प्रचण्डले पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्नुभएको हो ।
अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको र प्रचण्डले यसमा सहमति जनाएको चर्चा चलेपछि उहाँनिकट स्थायी कमिटी सदस्यहरू असन्तुष्ट रहेको बताइन्छ ।

ओलीसँग सहमति भएको भनिएको विषयमा केही साथीले संशययुक्त प्रश्न उठाएपछि उहाँ (प्रचण्ड)ले छलफलका लागि बालाएको बताइएको छ । नेकपामा दुइ अध्यक्ष प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच पछिल्लो समय विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीलाई दुबै पदबाट राजिनामाको माग गरेपछि ओलीले दुबै पदबाट राजिनामा नदिने अडानका कारण सहमति हुन सकेको छैन ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्टसहित केही स्थायी कमिटी सदस्य अनुपस्थित छन् । स्थायी कमिटी सदस्य दीनानाथ शर्माले आफूलाई खबर नभएकाले खुमलटार नगएको बताउनुभयो । ’अहिले पूर्वमाओवादीका कतिपय नेता प्रचण्डको पक्षमा छैनन् । उनीहरूमध्ये केही ओली खेमामा लागेका छन् भने कतिपय वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा उभिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP