Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विचार तय नभइ महाधिवेशन सम्भव नहुने पूर्वमाओवादी तर्फका स्थायी कमिटी सदस्यहरुको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपाका पूर्वमाओवादी केन्द्र तर्फका स्थायी कमिटी सदस्यहरूले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा भएको पूर्वमाओवादी निकट स्थायी कमिटी सदस्यहरुको भेलाले यस्तो निस्तो निष्कर्ष निकालेको हो ।

पार्टीभित्र बढेको पछिल्लो विवाद र अर्का अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा छलफल तथा परामर्शका लागि प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आज खुमलटार बोलाएर छलफल तथा परामर्श गर्नुभएको थियो ।

भेलामा लेखराज भट्टबाहेक पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्य उपस्थित थिए । उनीहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निष्कर्ष पनि निकालेका छन् ।

पार्टी अध्यक्षको वरियातामा पहिलो र प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्ने भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताउनुभयो । उहाँले छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्नेमा सदस्यहरुले जोड दिएको पनि बताउनुभयो ।

भेलामा सहभागी अधिकांशले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पु¥याउने मुख्य दायित्व ओलीकै भएको बताएको गजुरेलले बताउनुभयो । सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उहाँको भनाइ छ ।

भेलामा जारी स्थायी कमिटी बैठक छिटो सक्न सुझाव दिएको बताउनुभयो । बाढी, पहिरोको प्रक्रोप बढेको, उद्धार, राहतको काममा कार्यकर्ता परिचालन गर्नुपर्ने बेलामा सधैँ बैठकमा अल्झिएर बस्न नहुने विचार अधिकांशले राखेको पनि गजुरेलको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP