Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विपी जन्मेको दिन देउवाप्रति पौडेलको आरोप – आचरण विग्रेकाहरुले पार्टी विगारे

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वमा रहेका कतिपय नेताहरुको आचरणका कारण नेपाली काँग्रेस कमजोर अवस्थामा पुगेको बताउनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षीत गर्दै उहाँले कतिपय व्यक्तिहरुले सत्ता र सम्पत्तिका लागि पार्टीलाई दाउमा राखेर पार्टीको दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “अहिले नेतृत्व गरेका कतिपय व्यक्तिको आचारणका कारण पार्टीले नै विपिलाई छोडेजस्तो देखिएको हो, तर मुल रुपमा पार्टी विपी कै मार्गदर्शनमा छ ।”

उहाँले पार्टी कब्जा गरेर पद र मोज मस्तीमा रमाउनेहरुका विरुद्ध पार्टीमा आफ्नो लडाई भइरहेको र अडिरहने अठोट व्यक्त गर्नुभयो । निर्धारित कार्यकाल सकिएपछि पनि अधिवेशनतिर लाग्नुको सट्टा नियक्ति जारी रहेकोभन्दै उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, “अव अधिवेशनतिर लाग्ने हो, विभाग बनाएर प्रभावित पार्ने होइन, पार्टीमा तमासा भयो, एकातिर आँधी अर्कातिर झोलुङ्गो भनेजस्तो भइरहेको छ ।”

उहाँले अहिले विभिन्न विभागमा नियुक्त भएकाहरुप्रति लक्षित गर्दै लोभलाचलमा नलाग्न आग्रह गर्नुभयो । तपाईहरुको लोभलालचले तपाईलाई, पार्टीलाई र देशलाई नै अध्यारोमा धकेल्छ, बरिष्ठ नेता पौडेलले भन्नुभयो ।

उहाँले छलछाम, षड्यन्त्र, जे गरेर पनि पार्टीलाई कब्जा गर्ने प्रबृत्ति देखिएको आरोप लगाउनुभयो । लोकतान्त्रीक पार्टीको नेतृत्व चयन गर्दा पनि स्वस्थ प्रतिश्पर्धा हुनेमा शंका व्यक्त गर्नुभयो ।

काँग्रेसलाई सवै नेपालीको भरोसाको केन्द्र बनाउनेगरी सुधार अभियान तर्फ लाग्न पनि सवै नेता कार्यकर्ताहलाई बरिष्ठ नेता पौडेलले आह्वान गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP