काठमाडौं । यातायात व्यवसायीले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।
तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।
सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने निर्णय गरेका हुन्।
यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबै स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया