Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विदेशबाट फर्किएकाको पीसीआर परीक्षणपछि मात्र जिल्ला पठाउन सोलुखुम्बुका पालिकाकाे माग

सोलुखुम्बु – सोलुखुम्बुका पालिकाहरुले विदेशबाट उद्धार गरेर स्वदेश फर्काइएका नागरिकहरुको पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन माग गरेका छन् ।

सोलुखुम्बुको एउटा नगरपालिका र सात वटा गाउँपालिकाले संयुक्त विज्ञप्ति निकालेर भौगोलिक कठिनाइका कारण स्वाब सङ्कलन गरी प्रयोगशालासम्म पुर्‍याउन समस्या भएकोले काठमाण्डौमा बनाइएका होल्डिङ सेन्टरमै पीसीआर परीक्षण गरेर मात्र जिल्ला पठाउन माग गरेका हुन् ।

दुर्गम बस्तीमा गएर स्वाब सङ्कलन गर्ने दक्ष जनशक्ति नभएको, सङ्कलन गरिएको स्वाब प्रयोगशालामा पुर्‍याउन सडक मार्ग अवरोध भइरहने जस्ता समस्या रहेकोले पीसीआर परीक्षण गरी सङ्क्रमण नदेखिएका नागरिकलाई मात्र जिल्ला पठाउन र सङ्क्रमण देखिएमा केन्द्रमै उपचार गर्ने व्यवस्था गर्न माग गरिएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा विदेशबाट फर्किएका चार जनामा साेमबार कोरोनाकाे सङ्क्रमण पुष्टि भएको थियो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP