Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

झिम खोलाको बाँध भत्कियो

सर्लाही सदरमुकाम मलंगवाको पूर्व भएर बग्ने झिम खोलामा आएको बाढीले बाँध भत्काएको छ। बाँध भत्किएपछि मलंगवाभन्दा पूर्वको भाग जलमग्न बनेको छ। 

सर्लाही सदरमुकाम मलंगवाको पूर्व भएर बग्ने झिम खोलामा आएको बाढीले बाँध भत्काएको छ। बाँध भत्किएपछि मलंगवाभन्दा पूर्वको भाग जलमग्न बनेको छ। 

मलंगवा भेल्ही जोड्ने पुलभन्दा करिब १ सय ५० मिटर दक्षिणमा खोलाले पश्चिमपट्टिको  बाँध भत्काएको छ। बाढीको पानीले गर्दा मलंगवा र भारतको सोनवर्षा बिचको पुरै क्षेत्र जलमग्न बनेको छ। पानीले पुरै चौरी भरिए पनि बस्तीमा भने पसिसकेको छैन। बाढीको पानीले पुलको तल्ले भाग छोइसकेको छ। 

खोलाले मलंगवातिरको बाँधमा क्षति गरेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिएका छन्। दिउँसो आएको बाढीले करिब २५ मिटर जति बाँध भत्काएको हो। बाँध होचो र पानीको वहाव उच्च भएकाले बाँध भत्किएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन्। पानी अहिले मलंगवाको पूर्वी भागमा खाली क्षेत्रमा पसेको छ। 

‘बाढीले अहिले कुनै प्रकारको क्षति भएको छैन। पानीको वहाव बढी भएकोले बाँध बाध्ने काम हुन सकेको छैन। बिस्तारै पानी घट्ने क्रममा छ। वहाव कम भएपछि बाँध निर्माणको काम गरिने छ’, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अहिले पुल भएर हुने आवत जावतलाई रोकेका छौं। भत्किएको क्षेत्रमा पनि कसैलाई जान दिएका छैनौं।’ 

खोलाको पानी बस्तीभन्दा बाहिर रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। ‘दक्षिणी भेगमा बाँध भत्किएको छ। बस्तीमा बाढीको पानी पस्दैन। पुलभन्दा उत्तरपट्टि भत्किएको भए मलंगवामा बाढी पस्थ्यो। बाढीले गर्दा कुनै प्रकारको खतरा छैन’, उनले भने। 

लखन्देही खोलाले कौडेनाको सक्रौलमा केही क्षति गरेको प्रजिअ जिसीले बताए। झिमखोलाले वर्षेनी यस्तै दु:ख दिंदै आएको स्थानीय अरुण महतोले गुनासो गरेका छन्। ढुङ्गासहितको तारजालीले बाँध निर्माण गर्यो भने मात्र खोलालाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP