Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गतेदेखि

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको छ । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको थिएन ।

पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार साउन १० गतेको लागि मुहूर्त जुरेको हो । पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२ः१० देखि १२ः२५ सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गरी मुहूर्त जुराएका हुन् ।

सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो । यस पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने राजोपाध्यायले जानकारी दिए ।

शनिबार रथारोहण गरिसकेपछि कृष्ण मन्दिर राजोपाध्यायहरू जसलाई शेशे बाज्या भनिन्छ । उनीहरूलाई गोदान गर्ने गरिन्छ । त्यसपछि साँझा ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।

रथयात्रा सुरु भएपछि साउन १० गते पुल्चोकमा रहेको सो रथलाई तानेर गाबहालको चारदोबाटो पु¥याउने गरिन्छ । रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरी सोही चोकमा राखिन्छ । दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ ।

तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा रथ राख्ने गरिन्छ । हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गर्ने गरिन्छ ।त्यस्तै, पाँचौं दिन रथलाई महाबौद्धभन्दा अघि पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राख्ने गरिन्छ ।

त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर त्यहीँ राख्ने गरिन्छ । त्यसको भोलिपल्ट रथलाई लगनखेलको माथिल्लो चोकमा राखेर बली दिनुपर्छ । रथको पाङ्ग्रालाई भैरवको स्वरूप मान्ने गरिन्छ ।

त्यहाँ बलि दिएपछि भोलिपल्ट बिहान ६÷७ बजे नै महिलाहरूले मात्रै तानेर रथलाई लगनखेलमा लगेर राख्ने गर्छन् । त्यसपछि फेरि अर्काे साइत हेरेर त्यसलाई जावलाखेलसम्म तान्ने गरिन्छ । जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने गरिन्छ ।

भोटो देखाएकै दिन बेलुका मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती लैजाने गरिन्छ । यसरी बुंगमतीमा रहेको मन्दिरमा मत्स्येन्द्रनाथलाई विधिवत् स्थापना गरेपछि यस वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुने राजोपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP