Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पूर्वडीआईजी थुनामुक्तः सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिल आजै पुनरावलोकनमा जाने

काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार (आज) रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । स्रोतका अनुसार सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जाँदैछन ।

प्रधान यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।

सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ । सोही व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP