कपिलवस्तु
मधेश मानव अधिकार गृह (माहुरी होम) , VSO तथा इन्टर नेशनल अलर्ट को संयुक्त साझेदारी मा संचालित सहज परियोजना अन्तर्गत कपिलवस्तुका १०४ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरसले गर्दा देश पुर्ण लकडाउन रहेको वेला गरिखाने मजदुरहरुको गुजर बसरमा निकै कठिनाई भएकोले राहत वितरण गरिएको माहुरी होमले जनाएको छ ।

यस्तै कृष्णनगर नगरपालिकाका ५० जना, महाराजगंज नगरपालिकाका २९ जना, यशोधराका एक जना अति विपन्न र बुद्धभूमि नगरपालिकाका २४ जना गरी कुल १०४ जना बिपन्न, गरीब, मजदूर, एकल महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो चीनी, २ लीटर तेल, २ किलो नून र ४ वटा साबुन वार्ड अध्यक्ष, वडा सदस्य, नेपाल प्रहरी, पत्रकार र संघ संस्था प्रतिनिधी को रोहवरमा वितरण गरिएको प्राेग्राम अफिशर रिखिराम हरीजनलेेेेे जनाएका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया