Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

व्यक्तिगत पान लिनेको सख्या २१ हजार नाघ्यो, एक वर्षमा ४ हजार करदाता बढे


माधव बेल्वासे,चन्द्रौटा
कपिलवस्तुमा एक वर्षको अवधिमा करदाताको संख्या बढेको छ । जिल्लाको कृष्णनगरमा रहेको आन्तरिक राजस्व कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६।७७ व्यक्तिगत बाहेक ४ हजार १ सय ७३ जना करदाता बढेको जनाएको छ ।
एक वर्षको अवधिमा आयकर तर्फ ४ हजार १ सय ७३,मुल्य अभिवृद्धि कर तर्फ १ हजार ४ सय ७७ र अन्तशुल्क तर्फ ६ सय ८ करदाता बढेको कार्यालय प्रमुख पुर्ण न्यौपानेले बताउनुभयो । कपिलवस्तु र अर्घाखाचि जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयमा अहिले सम्म जम्मा आयकर तर्फ २५ हजार ६ सय २६,मुल्य अभिवृद्धि कर तर्फ ३ हजार ९ सय १८,अन्त शुल्क तर्फ २ हजार ५ सय ७ करदाता रहेको कर अधिकृत गेहेन्द्र प्रसाद गिरीले बताउनुभयो । त्यस्तै गत वर्ष मात्र ८ हजार ४ सय ६९ जनाले व्यक्तिगत पान लिएका छन् । कुल व्यक्तिगत पान लिनेको सख्या २१ हजार ३ सय १३ रहेको छ । कार्यालयका प्रमुख न्यौपानेको अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो ।
कार्यलयले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न भने सकेको छैन । कोरोना भाइरसका कारण लक्ष्य अनुसार राजस्व उठाउन नसकिएको प्रमुख न्यौपानेले बताउनुभयो । लक्ष्यको ७३.८४ प्रतिशत राजस्व संकलन गरिएको उहाँले बताउनुभयो । एक वर्षको अवधिमा १ अर्ब,७९ करोड २ लाख ३० हजार राजस्व संकलन भएको छ ।गत वर्ष कर सम्वन्धि उद्योग वाणिज्य संघ तथा विभिन्न व्यापारीक निकाय सँग सहकार्य गरि छलफल तथा कर शिक्षा प्रदान गरिएको न्यौपानेले बताउनुभयो । कार्यालयले एक वर्षको अवधिमा कार्यालय हाताभित्र वैक काउन्टर संचालन गरेको जनाएको छ । जिल्लाको तौलिहवा र अर्घाखाँचि जिल्लामा करदाता सेवा कार्यालय स्थापनालाई मुख्य उपलब्धिको रुपमा हेरेको छ । आर्थिक अनुशासन कायम गराउँदै प्रभावकारी कर प्रशासनका लागि कार्यालयले नियमित रुपमा अनुगमन समेत गरिरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP