Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका युवकले गरे आत्महत्या

काठमाडौं । घरायासी विवादका क्रममा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका छन् ।एकआपसमा झगडा गर्ने क्रममा शनिबार राति श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका चितवनको माडी ३३ वर्षीय धने विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

माडी नगरपालिका–९ प्याउलीका विकले २९ वर्षीया श्रीमती शोभा विकलाई विवादका क्रममा खुर्पा प्रहार गरेका विकले बिहान आत्महत्या गरेका इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

श्रीमानले प्रहार गरेको खुर्पा रोक्न खोज्दा श्रीमतीको हातका औंला तथा कुहिनामा चोट लागेको र बिहान बिहान श्रीमतीले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि उनी झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइते अवस्थामा रहेकी शोभाको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक धनेको शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP