Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आजदेखि तिनदिन लगातार ठुलो पानी पर्ने , कैलाली र कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा

काठमाडौं । आजदेखि लगातार ३ दिन ठुलो पानी पर्ने भएको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको हो ।
मौसमविद् राजु प्रधानांगका अनुसार पहिले गरिएको अनुमान अनुसारै गयरातिदेखि वर्षाको मात्रा बढ्दै गएको हो।

उहाँका अनुसार हिजो प्रदेश १ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षासमेत भएको छ। यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि वर्षा भएको छ।

हुम्लातिर पनि वर्षा सुरु भएको छ,। आजदेखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ,। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ।’

यसैगरी राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोली र पर्सी वर्षा अझ बढ्ने अनुमान गरिएको छ।

यसैविच, अहिले कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । स्थानीय नदीमा बाढी आउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आफ्नो ट्विटरमार्फत सूचना जारी गरीे कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा सतर्कता आसपासको बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP