Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आज साउन १५ खीर खाने दिन , पुत्रदा एकादशी पनि आजै

काठमाडौं । खीर खाएर आज साउन १५ मनाइँदै छ। साउन १५ मा खीर खाने चलनको महत्व पछिल्लो समय बढेको छ ।
खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने गर्दछ । गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा.अञ्जु कार्कीले खीर धेरैको प्रिय भोजन हुनुका साथै यसको सांस्कृतिक र औषधिजन्य महत्व रहेको छ ।

डा.कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन्। खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ।ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ। अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा.कार्कीको भनाइ छ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ। कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा.सत्यमोहन जोशीको भनाई छ ।

आज पुत्रदा एकादशी, व्रत बस्दा हुन्छ यस्तो फाइदा !

यसैबिच ,आज पुत्रदा एकादशी ,साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी पर्ने गर्दछ । पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ ।

पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ । सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ ।

एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP