काठमाण्डौ – कालीकोटको महावै गाउँपालिका ७ कोटवाडामा पहिरोमा परेर २ जना बालबालिकाको ज्यान गएको छ । यस्तै पहिरोका कारण ४ जना सामान्य घाइते भएका छन् ।
स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको ज्यान गएको कालीकोटका प्रहरी नायब उपरीक्षक स्यामबाबु ओलीयाले बताउनुभयो ।
उहाँका अनुसार घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया