Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कस्तो च्याउ खाने, कस्तो नखाने ?

काठमाण्डाै – मंगलबार विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चार जनाको ज्यान गयो । ७ जना बिरामी छन् । यस्तै सोमबार डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको ज्यान गयो ।  परिवारका अरु चार जना बिरामी छन् । 

पछिल्ला यी दुई घटना त उदाहरण मात्रै हुन् । हरेक वर्ष यो माैसममा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानाले ज्यान जाने गरेको तथ्याँक छ । यो अस्पताल गएकाहरुको मात्रै तथ्याँक हो । अस्पताल नगइकन वा  थाहा नपाइकन पनि कतिपयको विषालु च्याउको कारण ज्यान जाने गरेको छ । 

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा धेरै प्रजातिका च्याउ पाइन्छन् । पुरानो रूखको ठुटो, पत्कर वा खुला चौर र पाखामा च्याउ उम्रिन्छ ।

यस्ता च्याउ खानयोग्य पनि हुन्छन्, विषालु पनि । जथाभावी  च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ । कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिने विज्ञहरु बताउँछन् । 

कस्ता च्याउ खान हुुँदैन ? 

जंगली च्याउ भौगोलिक अवस्था अनुसार फरक फरक हुन्छन् । त्यसैले सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगस् च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत  अनुभवका आधारमा नै यसको  संकलन गर्ने गरिएको छ  ।

कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि हामीले संकलन तथा  र भण्डारण तरिकाले पनि  विषाक्त बनाउने च्याउ वैज्ञानिक प्रेमबहादुर मगर बताउनुहुन्छ । च्याउ संकलन तथा प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाई छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुन्छन् ।

च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि  उठेको देखिएमा विषालु हो भनेर अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो, गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा विचार पुर्याउन च्याउ विज्ञ मगरको सुझाव छ । 

विषालु च्याउको वरपर कीराहरु नलाग्ने हुन्छ । त्यसैले यी च्याउहरु हेर्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् । खान हुने वा नहुने च्याउ छुट्याउनु यी तरिकाहरु अपनाउन सकिने उहाँको भनाई छ । तर यसैको आधारमा च्याउ विषालु हो या होइन छुट्याउन गाह्रो हुने उहाँ बताउनुहुन्छ । ठाउँ र हावापानी अनुसार च्याउको प्रजातिमा फरक पर्ने हुँदा कुन च्याउ खान हुने र नहुने ठ्याक्कै छुट्याउन भने विशेषज्ञता नै चाहिने विज्ञहरुको भनाइ छ ।  

नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइन्छ । तीमध्ये ७४ प्रकारका च्याउमा  औषधीय गुण हुन्छ । १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने १ सय प्रजातिका च्याउ विषालु हुने मगरले बताउनुभयो । 

च्याउको विषबाट बच्न के गर्ने ?

  • सकभर आफूले चिनेको र जानेको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्री वितरण गर्ने  र खाने । 
  • संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने ।
  • सकभर दुई प्रजातिका फरक– फरक च्याउ सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनुभन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।​
  • उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नष्ट हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
  • च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि  बिरामी होशमै छ भने नुनपानी खान दिएर बान्ता गराउने वा  पखाला लगाउने कुनै विधि अपनाउने ।
  • परम्परागत रुपमा प्रयोग गरिंदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ । तर छिटो भन्दा छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ । 

सबैलाई च्याउका सबै प्रकारहरुको ज्ञान नहुने हुँदा सकेसम्म राम्ररी ज्ञान नभएको प्रजातिको च्याउ प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । यसका साथै च्याउ संकलन र प्रयोग गर्दा समेत विशेष सावधानी अपनाउनुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP