Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मलको अभाव : धानमा राख्न ढिलो भैसक्यो, सरकार अझै अलमलमा

काठमाण्डाै – धानबाली गोडमेल गर्ने बेला भैसक्दा पनि मलको समस्या उस्तै छ । रासायनिक मल नपाउँदा किसानलाई समस्या भएको छ । मनसुनले साथ दिएपछि समयमै धान रोपाइँ सकेका किसानलाई यो बेला युरिया मलको अभाव भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि झण्डै ७० हजार मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ । त्यसमा पनि साउनदेखि भदौसम्म १ महिना झण्डै ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर हरेक वर्षजस्तै यसवर्ष पनि किसानले समयमै मल पाउन नसकेका हुन् ।

मौज्दात मल 

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया, डीएपी र पोटास गरी जम्मा १६ हजार ३ सय ६० मेट्रिक टन मल मौज्दातमा रहेको छ । अहिले १ हजार ६० मेट्रिक टन युरिया, १२ हजार ८ सय मेट्रिक टन डीएपी र २ हजार ५ सय मेट्रिक टन पोटास मौज्दात छ । गएको असार १० गतेसम्म युरिया र डीएपी गरी १८ हजार मेट्रिक टन मल मौज्दात थियो । 

त्यसबेला कृषि मन्त्रालयले एक महिनाभित्रै मलको समस्या समाधान हुने भनेको थियो । तर एक महिना बितिसक्दा मौज्दात घटेको छ । तर भारतबाट आउने भनेको झण्डै ५० हजार मेट्रिक टन युरिया र डीएपी भने आइसकेको छैन । कृषि मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी ल्याउने तयारी भैरहेको छ । तर ल्याउने भनेको मल भारतमा अलपत्र परेको ४ महिना भैसकेको छ ।

बर्सेनि मलमा बहानाबाजी : यसवर्ष लकडाउन मुख्य समस्या

हरेक वर्ष कुनै न कुनै बहानामा मलको अभाव हुने गरेको छ । सरकारले बेलैमा मल ल्याउने भने पनि किसानले भने सास्ती खेप्दै आएका छन् । बर्सेनि सास्ती व्यहोर्न बाध्य किसान यस वर्ष कोरोना भाइरसको सङ्क्रमण र लकडाउनका कारण मल आउन नसक्दा मारमा परेका हुन् ।

कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले कोरोना संक्रमण र लकडाउनका कारण चाहेर पनि धानबाली सहित बर्खे बालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको जनाएका छन् । 

यसवर्ष समयमै बजेटको व्यवस्था गरे पनि कोरोना सङ्क्रमणपछिको लकडाउन, ठेकेदारको ढिलासुस्ती, भारतसँगको पछिल्लो तनाव लगायतका कारणले मलको अभाव भएको मन्त्रालयको दावी छ । कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले लकडाउनका कारण असार पहिलो हप्ता आउनुपर्ने मल अहिलेसम्म नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मल ल्याउनुपर्ने बेला लकडाउन भयो, लोड/अनलोड गर्ने र प्याकिङ्ग गर्ने कामदार पनि पाइएन, अनि गएको असारमै आउनुपर्ने युरिया मल निर्धारित समयमा आएन ।’ 

भारतमा अड्कियो २१ हजार ५ सय टन युरिया मल

झण्डै ४ महिनादेखि युरिया मल भारतमा अड्किएको छ । भारत गुजरातको कान्डला बन्दरगाहमा २१ हजार ५ सय मेट्रिक टन युरिया मल अड्किएको हो । ‘साल्टको २१ हजार ५ सय टन युरिया मल समयमा आएन’ प्रवक्ता केसीले भन्नुभयो, ‘धानबाली गोडमेल गर्नुपर्ने यो बेलामा पनि किसानले मलकै अभाव व्यहोर्नुपर्ने अवस्था आयो ।’ 

रोकिएको युरिया मल नेपाल आउन अझै एक महिना लाग्ने भएको छ । साल्ट टे«डिङले लकडाउन अघि दुबईको मल्टी कमोडिटिज कम्पनीमार्फत ओमानबाट किनेको युरिया लकडाउनका कारण भारतको गुजरात कान्डला बन्दरगाहमा आएपछि अलपत्र परेको हो । भारतमा रोकिएको मल आउन नसकेपछि सरकारले चीन र रुसबाट थप ५० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारी गरेको कृषि मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP