Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कतै ठूलो पानी पर्ने र कतै नपर्ने गर्दा बाढी पहिरोको जोखिम झन् धेरै

काठमाण्डाै – केही दिनयता पानी पर्ने तरिका फेरिँदै गएको मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर कतै नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने क्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए पनि अस्तिदेखि कुनै निश्चित ठाउँमा ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको पाइएको उहाँले बताउनुभयो । पानी पर्ने तरिका फेरिँदा बाढी, पहिरोको जोखिम झनै बढेको उहाँको भनाई छ ।

नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीदेखि हिजोअस्तिको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो ।

आज प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।

पानी परेसँगै नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो खस्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढलको पानी निकास नहुँदा शहरी क्षेत्रमा डुबान पनि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको सुझाव छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP