Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

रौतहटमा करेन्ट लागेर एकको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धालाई बाटो काट्ने क्रममा करेन्टको झड्का लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सवगढामा रहेको सव स्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । सयौं पटक फोन गर्दा दुवै कार्यालयको फोन उठेन ।

समयमै फोन गरे पनि कार्यालयका कुनै कर्मचारीले फोन नउठाउदा मान्छे संगै पशु चौपायाको पनि मृत्यु भएको स्थानीयको भनाइ छ । विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानयीले लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP