Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अधिकाशं भूभागमा रोपाई सकिएको कृषि विकास मन्त्रालयको भनाई

काठमाडौं । देश भरका अधिकाशं भूभागमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईले पठाएको विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । उच्च पहाडमा ४४ हजार ९ सय एक हेक्टर, पहाडमा तीन लाख १७ हजार ४२४ तथा तराईका ९ लाख ४८ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । समयमै मनसुन सक्रिय हुँदा र रोपाइँ गर्ने जनशक्ति गाउँमा प्रशस्त हुँदा यस वर्ष रोपाइँ छिटो भएको मन्त्रालयले जनाएको छ । अनुकुल मौसमका कारण खाडेरीले धानको बिउ सुक्नेजस्तो विगतको अवस्था नआएको मन्त्रालयले जनाएको छ ।

समयमै रोपाइँ हुँदा उत्पादन पनि बढ्ने मन्त्रालयले विश्वास छ । छिटो रोपाइँ हुँदा कृषि उत्पादन चक्र पनि सुधारिने मन्त्रालयको विश्वास छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP