Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मास्क नलगाई हिँड्ने २ लाख ८ हजारभन्दा बढी कारबाहीमा

काठमाडौं । लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले कारबाही गरेको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भन्दै सरकारले अनिवार्य मास्क लगाउन भनेपनि बेवास्ता गरेर मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेहरुलाई कारबाही गरिएको प्ररहीले जनाएको छ ।

कारबाहीमा परेकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ । त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै ९ हजार २ सय ६९ जनालाई संक्रामक रोग ऐन–२०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ ।

पक्राउ पर्नेमध्ये एक लाख ३० हजार ६ सय ४८ जना पुरुष र ७७ हजार ५ सय १० जना महिला रहेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रामक रोगसम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP