Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा आग्रह सहित ईद उल अजहा (बकर ईद) को शुभकामना व्यक्त

कृष्णनगर, साउन, १६ मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वादेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ। हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले आग्रह गरेका छन्।

हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको तर यो बर्ष (COVID-19) कोरोना भाइरसको महामारी ले गर्दा दश हजार जनाले मात्र हज गर्ने जसमध्ये तीस प्रतिशत साउदी नागरिक र सत्तरी प्रतिशत विश्व भरी बाट उपस्थित हुने देखिन्छ ।

कोरोना भाइरस महामारी का कारण WHO ले दिएको स्वास्थ्य संबंधी मापदंड को पाल्ना गर्दै हज गर्नु पर्ने व्यवस्था साउदी सरकार ले गरेको कुरा स्वास्थ्य का दृष्टिकोण ले प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP