धादिङ प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितद्वारा हस्ताक्षरित सूचनामा अब पास नदिने जनाइएको छ । काठमाडौं प्रवेश गर्ने देशका विभिन्न स्थानका यात्रुहरूको परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको भन्दै पास बन्द गर्ने निर्णय प्रशासनले गरेको छ ।आन्तरिक रूपमा सार्वजनिक सवारी साधन सञ्चालनमा पनि आएकोले काठमाडौं उपत्यका र अन्तर जिल्लाको आवतजावतमा पास नदिने प्रशासकीय अधिकृत पण्डितले जनाएका छन् ।
धादिङ कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । बागमती प्रदेशभर सबैभन्दा बढी संक्रमित देखिएको सूचीको दोस्रो स्थानमा रहेको छ । बिहीबारसम्म संक्रमित संख्या १ सय ४१ पुगिसकेको छ । बिहीबार मात्रै धादिङका थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया