Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विराटनगर १४ दिनका लागि लकडाउन

मोरङ । विराटनगरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि १४ दिने लाकडाउनको घोषणा गरिएको छ । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

संक्रमितको संख्या बढेपछि महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना, १७ का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरेपनि प्रदेश सरकारले अनुमति दिएको थिएन । शुक्रबार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीयतहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्ने गरी बाटो खोलिदिए पछि महानगरले लकडाउनको घोषणा गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP