Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्न निर्देशन दिएको छ । सञ्चारमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा समितिमा पेश गर्न निर्देशन दिएको हो ।

गत फागुनमै सकिनुपर्ने फोरजी सेवा विस्तारको काम अझै पनि सकिएको छैन । टेलिकमले विभिन्न बाहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा जनताले मोबाइल इन्टरनेटमा नयाँ प्रविधिको प्रयोग गर्न पाएका छैनन् भने टेलिकमको आम्दाानी र नाफा पनि घट्न पुगेको छ ।
टेलिकमले आक्रामक रुपमा फोरजी विस्तार नगर्दा निजी सेवा प्रदायकले लाभ उठाइरहेका छन् ।

समितिले नेपाल टेलिकमले एक वर्षमा कति सिमकार्ड वितरण भयो भन्ने विवरण पनि मागेको छ । समितिले ३० दिनभित्र देशभर इन्टरनेट सेवा पु¥याउने सम्बन्धी कार्ययोजना पनि पशे गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिमा बोल्दै सञ्चारमन्त्री डा. खतिवडाले देशभर इन्टरनेट पु¥याउने गरी सरकारले काम गरिरहेको भन्दै लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP