Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अवैद्य चल्ला तस्करलाई पोल्ट्री समितिले कडा कारवाही गरिने

विजयनगर

अवैद्य रुपमा कुखुराका चल्ला चोरी निकासी गरिने तस्करलाई पोल्ट्री समितिले कडा कारवाही गरिने भएको छ । शुक्रवार विजयनगर गाउँपालिकामा एक कार्यक्रमका बिच ११ सदस्य पोल्ट्री समिति गठन गरेको छ ।

उक्त समितिले अवैद्य तथा गैरकानुनी ढङ्गबाट कुखुराका चल्ला चोरी निकासीलाई रोकथाम तथा नियन्त्रण गर्नुको साथै तस्कारहरुलाई कानुनी कारवाही गरिने पोल्ट्री समितिले जनाएको छ । केही महिना यता कृष्णनगर र विजयनगर पालिकाको सिमा नाकाबाट भारतको विभिन्न चोर बाटो हुदैँ तस्करहरुले कुखुराका चल्ला नेपाल ल्याउने बिगबिग बढ्दै गएपछि बर्डफ्लू जस्ता रोगहरु फैलिन सकिने भएकोले उक्त पोल्ट्री समिति गठन गरिएको हो ।

केही व्यापारीहरुले भारतबाट चल्ला ल्याई आफ्नो कुखुराको फर्ममा मिसाउने गरेको बताइएको छ । त्यही कुखुरा उपभोक्ताहरुले खाएपछि महामारीको रुप लिन सकिने हुनाले रोकथाम तथा नियन्त्रण गर्न सक्रिय भएर पोल्ट्री समितिले लाग्ने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अवैद्य रुपमा चोरी निकासीका चल्ला भित्रिँदा नेपालमा उत्पादन भएका चल्ला ल्याई कुखुरा पालन गर्ने व्यवसायीलाई ठुलो नोकसानी हुनेभएकाले निगरानी गर्न यस्तो कदम चालेको बताउनुभयो ।

उहाँले प्रहरी, सशस्त्र प्रहरीलाई सिमा नाकामा विशेष ध्यान दिनुको साथै कारवाही गर्ने कुरामा जोड दिनुभयो । गाउँपालिका भारतको सिमा नाकासँग जोडिएको र खुल्ला हुनेभएकोले तस्करहरुले बढी सक्रिय हुन सक्ने भन्दै प्रशासनलाई कडा निगरानी बढाउन अनुरोध समेत गर्नुभयो । यस्तै कार्यक्रमका अध्यक्ष तथा नेपाल ह्याचरी संघ प्रदेश पाँचका अध्यक्ष वासु बडालले चल्ला तस्करलाई कानुनी दायरामा ल्याई कारवाही गरिने बताउनु भएको छ । अवैद्य रुपमा चल्ला नेपालमा ल्याउनु ठुलो अपराध भएकोले तस्करलाई कुनै पनि हालतका पोल्ट्री समितिले नछाड्ने बताउनुभयो ।

शुक्रवारको पोल्ट्री समिति संगठनको अध्यक्षमा शमसेर आलम, उपाध्यक्ष हलिम मुसलमान, कोषाध्यक्ष सुनिल कुमार चौधरी र सचिवमा जगत थापा मनोनित हुनुभएको छ । नेपाल ह्याचरी संघ प्रदेश पाँचका अध्यक्ष वासु बडालको अध्यक्ष्यता विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता र प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल, सशत्र प्रहरी निरिक्षक अनिरुद्र हाजरा, दाना विक्रेता संघ प्रदेश ५ का अध्यक्ष जनकराज खनाल, ह्याचरी संघ प्रदेश पाँचका कोषाध्यक्ष गोविन्द बहादुर खड्का, सचिब विमल नेपाल, सल्लाहकार झबिलाल ज्ञवाली लगायत अतिथिमा तथा सदस्यहरु कमल ज्ञवली, शिब खनालको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP