Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पर्यटन मन्त्रीलाई प्रश्न : कोरोना सङ्क्रमित बढिरहेको बेला उडान खोल्न सकिएला ?

काठमाण्डाै – सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान खुलाउने निर्णय गरेको छ । गएको चैत ९ गतेदेखि बन्द भएका जहाजको नियमित उडान भदौ १ गतदेखि सुरु हुनेछ ।

तर नेपाल सरकारले मात्रै निर्णय गरेर अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्दैन । किनकी अझै विश्वका एक सय १५ देशले विदेशी यात्रुलाई आफ्नो देशमा प्रतिबन्ध लगाएका छन्, ४ वटा देशले पूर्ण रुपमा देश खुला बनाएका छन् भने ८३ वटा देशले सर्तसहित खुला गरेका छन् ।

नेपालबाट उडान हुने १६ वटा देशमध्ये सात वटा देशले त पूरै प्रतिबन्ध लगाएका छन् । अर्कोतर्फ नियमित उडानमार्फत नेपाल आउनेहरु कतिदिन क्वरेण्टीन बस्ने, कस्ता देशमा उडान गर्ने, अनअराइभल भिसा के हुने लगायतका कयौं विषय टुंगिएका छ्रैनन् ।  

यस्तै नेपालमा फेरि कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै जाँदा उडान खुला गर्दा थप जोखिमको डर पनि बढेको छ । सरकारले फेरि लकडाउन लगाउनुपर्छ भनेर विज्ञले सल्लाह  दिएका छन् । यिनै विषयमा अर्जुन पोख्रेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई गरेको संक्षिप्त कुराकानी ।

भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गर्नुभएको छ, यात्रु ढुक्क हुने गरी पूर्वतयारी र सतर्कता अपनाइएको छ ?

हामीले कोरोनाको पछिल्लो अवस्थालाई हेरेरै भदौ १ गतेदेखि उडान खुलाउने निर्णय गरेका हौँ । यो निर्णय मन्त्रालयको नभई मन्त्रिपरिषद्ले गरेको हो । हामीले निर्णय गर्दा थपिने सङ्क्रमितको संख्या घटिरहे पनि पछिल्ला दिनमा सङ्क्रमितको संख्या बढिरहेको छ ।

कतिपय ठाउँमा त समुदायमै पुगेको शंका पनि गरिएको छ । त्यसैले हामीले निर्णय गर्दा बखतको भन्दा पनि धेरै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने देखिन्छ । 

नागरिक उड्डन प्राधिकरणले थप मापदण्ड ल्याउँछ ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा र यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नै निर्देशिका बनाएको छ । त्यो निर्देशिकालाई वायुसेवा कम्पनी, यात्रु, विमानस्थल व्यवस्थापन, कर्मचारी लगायत सम्बन्धित सबैले कडाइका साथ पालना गर्नुपर्छ ।

तपाईंहरुले उडान खुला गर्ने निर्णय गर्दा भन्दा अहिले अवस्था फरक भइसक्यो, भदौ १ गतेदेखि जहाज उड्न दिने निर्णय पुनर्विचारको सम्भावना छ ?

हामीले हरेक दिनको घटनाक्रमलाई नजिकबाट अध्ययन गरिरहेका छौं, नियालिरहेका छौं । अरु देशको अभ्यास कस्तो छ भनेर पनि हेरिरहेका छौँ । त्यसै आधारमा नै हाम्रा निर्णयहरु हुन्छन् ।

अहिलेसम्मको अवस्था विश्लेषण गर्दा हामीले अन्तर्राष्ट्रिय र आन्तरिक उडानको मिति सार्ने बारेमा सोचेका छैनौं । तर सङ्क्रमितको अवस्था हेरेर उडानका नियम र निर्णयहरु परिवर्तन हुन पनि सक्छन् । पछिल्लो दिनमा सङ्क्रमण बढिरहेको अवस्थामा अझै बढी सुरक्षा सतर्कता अपनाउनुपर्नेछ । 

विदेशबाट नेपाल आउनेहरुले थप प्रक्रिया पूरा गर्नुपर्ने हुन सक्छ ?

हामीले अहिले नै धेरै कडाइ गरेका छौँ । नियमित उडान हुने भएपछि थप कडाई हुन्छ नै । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने र त्यसमा पनि नेपालमा आउने यात्रुले हामीले बनाएका नियम पूर्ण रुपमा पालना गर्नैपर्छ । उनीहरुले आउने देशबाट पीसीआर विधिमार्फत कोरोनाको जाँच गर्ने र कोरोना सङ्क्रमण छैन भन्ने कुराको सुनिश्चितता हुनुपर्छ ।

वायुसेवा कम्पनीले पनि कोरोना सङ्क्रमण नभएको सुनिश्चित भएका यात्रु मात्रै बोक्नुपर्छ । विमानस्थलमा पनि सामाजिक दूरी कायम गर्ने, निसङ्क्रमण गर्ने, मास्क लगाउने, ज्वरो नाप्ने, चुस्त मेडिकल डेस्क लगायतको पनि कडाइका साथ पालना हुन्छ । 

भदौ १ गतेदेखि उडान गर्ने भने पनि अहिलेसम्म कुन कुन देशमा आउजाउ गर्न पाइने, भिसा खुलाउने कि नखुलाउने, क्वरेण्टीन अवधि कति हुने लगायतका कुरा त टुंग्याउनुभएको छैन नि ?

तपाईंले राखेका जिज्ञासाको विषयलाई टुंगो लगाउन हामीले गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छौँ । भिसाको कुरामा गृहले पनि अध्ययन गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान गर्न इच्छुक विमान कम्पनीसँग कुरा गरिरहेको छ ।

अहिले हामीले त्रिभुवन विमानस्थलको कुल क्षमताको २५ प्रतिशत मात्रै उडान गर्ने तयारी गरेका छौँ । पहिले दैनिक एक सयदेखि एक सय १०  वटासम्म अन्तर्राष्ट्रिय उडान/अवतरण हुँदै आएकोमा अब जम्मा २५ प्रतिशत मात्रै उडान हुनेछन् ।  त्यो पनि कोरोना सङ्क्रमणको हिसाबले धेरै सुरक्षित गन्तव्यमा मात्रै उडान हुनेछ । 

पर्यटन व्यवसायीहरुले नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमै पीसीआर विधिमार्फत कोरोनाको जाँच गर्न माग गरेका छन्, क्वरेण्टीन अवधि घटाउन भनेका छन्, यसबारेमा के हुन्छ ?

विमानस्थलमा पीसीआर जाँच गर्ने कुरा अहिले सामान्य छलफलमै सीमित छ । तत्काल अघि बढ्दैन । क्वरेण्टीन अवधिको विषयमा छलफल भइरहेको छ । स्वास्थ्य मन्त्रालय र विज्ञहरु छलफल गरेर हामीले निर्णय गर्छौं । यदी १४ दिन नै क्वरेण्टीनमा बस्नुपर्छ भन्ने राय आयो भने  त्यही नियम नै लागू हुन्छ ।

१४ दिन क्वरेण्टीन बस्ने नियम लगाउँदा पर्यटक कम आउलान भन्ने चिन्ता लिनु पर्दैन, अहिले स्वास्थ्य नै पहिलो प्राथमिकतामा रहेकाले पर्यटकलाई मात्रै हेरेर नियम बनाउने कुरा आउँदैन । 

उडान खुलेपछि समस्यामा परेकाहरु त गन्तव्यमा जाने भइहाले नै । तर घुम्न निस्कनुपर्ला भन्नेहरु पनि छन् । उडानमार्फत घुम्न र रमाइलो गर्न निस्कनेहरुलाई रोक्ने कि नरोक्ने ?

अहिले हामीले घुमघाम गर्न, रमाइलो गर्न, मनग्य पर्यटक भित्राउने हिसाबले उडान खोल्न लागेको होइन । अति आवश्यक काम परेकाहरु, अलपत्र परेका लगायतलाई ध्यान दिएर खोल्न लागिएको हो । विदेशमा अलपत्र परेका नेपालीलाई हामीले उद्धार उडानमार्फत ल्याइरहेका छौँ, तर हवाइ भाडा महँगो छ, भनेको समयमा उडान भएका छैनन् ।

नेपाल फर्कन चाहेका नेपाली सजिलै फर्कन पाएका छैनन्, यस्तो अवस्था केही सहज होस् भनेर हामीले उडान खुलाउने निर्णय गरेका हौँ । अहिले मनग्य पर्यटक भित्राउने र घुम्न निस्कने बेला होइन । नियमित उडान गर्दा समस्यामा परेकाहरुलाई केही सहज हुने भएकोले मात्रै हामीले निर्णय गरेका हौं । 

तर मैले अघि नै तपाईंलाई भनिसकेँ, अवस्था हेरेर हामीले जुनसुकै बेला निर्णय र नियम परिवर्तन गर्न सक्छौं । 

अन्त्यमा, नेपाल कोरोनामुक्त देश भएकाले विदेशीलाई घुम्न बोलाउनुपर्ने तपाइँको भनाईको पहिले निकै आलोचना भयो । अहिले पनि सङ्क्रमित बढिरहेको बेला फेरि नियमित उडान सुरु गरेर जोखिम नित्म्याउन थालियो भनेर आलोचना हुन थालेको छ नि ?

यो म मात्रै जोडिने सवाल होइन, मलाई नियोजित रुपमा लगाइने आरोपको जवाफ छैन । त्यस्ता प्रश्न गर्नेहरुलाई जवाफ दिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । यस्ता उत्तर दिएर म मानिसको मानसिकतालाई भड्काउन चाहन्न । तर हामीले नेपालमा कोरोना नआओस् भनेर जुन ढंगले सतर्कता अपनायौँ,  त्यसकै कारणले अहिले हामी नियन्त्रित अवस्थामा छौँ ।

जे कामको पनि विरोध गर्नेहरुले हाम्रा राम्रा कामलाई पनि नराम्रै देख्छन्, यसमा मेरो भन्नु केही छैन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP