Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सलहको केही झुण्ड फेरि बझाङ र पर्वतमा देखियो, बालीनालीमा सामान्य क्षति

काठमाण्डाै – बझाङ सलहको केही झुण्ड फेरि बझाङ र पर्वतमा देखिएको छ ।

धेरै दिनपछि हिजो बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा झुण्ड देखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिनुभयो । 

बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको उहाँले बताउनुभयो । तर झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा लगातार जस्तै पानी परेकाले धेरैजसो सलह मरेका थिए । 

पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड हिजो र अस्ति घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने हुमागाईँले भनाइ छ । यसैबीच सीमावर्ती भारतमा रहेका सलहका झुण्ड भने तत्काल नेपाल आउने सम्भावना छैन।

अहिले तत्काल आउने सम्भावना नदेखिए पनि ढुक्क भएर भने बस्न नहुने उहाँले बताउनुभयो । अझै एक महिनाजति सलह छिर्नसक्ने जोखिम कायमै रहेकाले ख्याल गर्न प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP