Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गुजरातमा कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगलागी : ८ जनाको ज्यान गयो

काठमाण्डौ – भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।

गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ ।  

आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना सङ्क्रमित हुन् । उद्धारमा खटिएका सबैजनालाई क्वरेण्टीनमा राखिएको छ । मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ ।  विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ट्वीटरमार्फत आगलागीकाे घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । यसैबीच भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १९ लाख नाघेको छ ।

गएको २४ घण्टामा ५६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हिजोमात्रै ९ सय ४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे ४० हजार नाघेको छ । १३ लाख २८ हजार भने निको भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP