Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

तुलसीपुरमा सरसफाई अभियानको मोडेल परिवर्तन

तुलसीपुर । तुलसीपुरमा जारी सरसफाई अभियानको मोडल परिवर्तन गरिएको छ । बन्दाबन्दी हुनु भन्दा अघि प्रत्येक हप्ताको मंगलवार ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर सरसफाई अभियान अन्र्तगत तुलसीपुर क्षेत्रमा सरसफाई हुदै आएको थियो । तर कोरोना भाईरसको माहामारीका कारण अभियानको १८७ औँ हप्ताबाट स्थगित भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा बिहिवार तुलसीपुरमा बसेको सरोकारवालाहरुको बैठकले अभियानको मोडेल परिवर्तन गरी निरन्तरता दिने निर्णय गरेको तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन् ।

बैठकले आगामी दिनमा प्रत्येक महिनाको १५ र ३० गते दुई पटक सरसफाई अभियान सन्चालन गर्ने निर्णय गरेको हो । क्रियाशिल एक दर्जन बढि सामाजिक संघसंस्था तथा सामाजिक अभियान्ताहरुको सहभागिता रहेको बैठकले आबश्यकताको आधारमा सरसफाईको बेलाबेलामा अनुगमन गर्ने, बृक्षारोपणको संरक्षण गर्ने लगाएतको निर्णय गरेको छ ।

संघका अध्यक्ष विर बहादुर रावतको अध्यक्षतामा भएको बैठकमा तुलसीपुर उपमहानगरपालिका बातावरण सरसफाई संरक्षण समितिका संयोजक नवराज लामीछानेले सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन सामाजिक संघसंस्थाहरुसंग सहकार्य र साझेदारी गरी अघि बढ्ने बताएका थिए ।

उनले उपमहानगरपालिकामा यस विषयलाई नितिगत रुपमा निर्णय गरी अघि बढाउन प्रस्ताव गर्ने बताएका थिए । सो अवसरमा सरसफाई अभियान्ता विमल रिजालले नागरिकको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

आफुहरुले विगत लामो समय देखी सरसफाई अभियान सन्चालन गरे पनि सोचे अनुसार व्यवहारमा परिवर्तन आउन नसकेको गुनासो गरे ।
त्यस्तै त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेस हमालले प्रत्येक घरमा सरसफाईको बर्गिकृत गरी स्टिकर टाँस गर्नु पर्ने बताएका छन् ।

कार्यक्रममा सहभागी अन्य बक्ताहरुले सडक बत्ती मर्मत तथा सन्चालन , फोहोर व्यवस्थापन र सिसि क्यामरा सन्चालन गर्न माग गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP