Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

खोटाङमा ‘तपाईको मास्क खै अभियान’ शुरु

रमन वन, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा ‘तपाईको मास्क खै अभियान’ शुरु भएको छ । बन्दाबन्दी हटेपनि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले कोभिड १९ न्यूनिकरण गर्न तथा जनचेतना मूलक सन्देश फैलाउने उद्देश्यका साथ बुधबारबाट उक्त अभियान थालिएकोे हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा “तपाईको मास्क खै अभियान” शुरु गरिएको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन आज दिक्तेल बजारमा मास्क नलगाई हिँडेका संर्वसाधरणलाई निःशुल्क मास्कसमेत वितरण गरिएको थियो । साथै सरकारले लागू गरेको नियम उलङ्घन गरेको पाइएमा रु १०० जरिवाना तिराइने नगरप्रमुख रिजालको भनाइ छ ।

यस्तै घरबाहिर हिडडुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, मास्क नलगाइ हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिने जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP