Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘सङ्क्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैन, राेग लाग्न नदिन बेलैमा ध्यान पुर्‍याऔँ’

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डाै उपत्यकामा सङ्क्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।

दिनदिनै काेराेना सङ्क्रमितको सङ्ख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गर्नुभयो । गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उहाँले अपिल गर्नुभयो ।

यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा सङ्क्रमणको दर उच्च रहेकाले प्रदेश सरकार र पालिकालाई सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो ।

उपत्यकालगायत घनाबस्ती भएका क्षेत्रमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकित्सकलगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । सङ्क्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्‍याउन उहाँले आग्रह गर्नुभयो । 

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP