गिरीजा कुँवर,
बागलुङ जिल्ला पश्चिम क्षेत्रमा रहेको निसीखोला गाउँ पालिका ७ राजकुटको वडा कार्यलय करिब २७ घण्टा पछि खुल्याइएको छ।हिजो अर्थात् साउन २१ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निसीखोला ७ राजकुटले वडा कार्यलयको ढोकामा एक विज्ञप्ति सहित तालाबन्दी गरेको थियो।
वडा कार्यलयले मनोमानी ढंगले गरेको वृद्वा भट्ट वडा कार्यलय नियमित नखोलेको भन्दै नेकपाले तालाबन्दी गरेको थियो। आज निसीखोला गाउँ पालिकाको कार्यलय जुग्जाखोला गएर अध्यक्ष तारानाथ पौडेल उपाध्यक्ष शोभा कुमारी कार्की निसीखोला ७ का वडा अध्यक्ष तेजिन्द्र विक्रम कुवर नेकपा ७ राजकुटका सचीव तारा घर्ती लगायत अन्य राजनीतिक तोलि उपस्थित भएर छलफल गिरिएको थियो।
उक्त छलफल बाट वडा कार्यलय खोल्ने सहमति भएको थियो। सोही कार्य अब नदोहोर्याउने सर्तमा ढोका खुल्ला गरिएको नेकपा निसीखोला ७ राजकुटले जान्कारी दिएको छ।त्यस्तै वृद्वा भट्ट अपांगता भट्ट एकल महिला भट्ट वडा बाट नै वितरण गर्ने र वडा कार्यलय नियमित खुल्ला गर्ने सर्तमा वडा कार्यलयको ताल्चा खोलिएको नेकपा निसीखोला ७ का सचिव तारा घर्ती ले जानकारी दिनु भएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया