Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना कहर: कपिलवस्तुका अत्यावश्क सेवा वाहेकका कार्यालय भोलि देखि बन्द

दिपक के.सी.
कपिलवस्तु साउन २२

कपिलवस्तु जिल्लामा समुदाय स्तरमा कोभिड १९ कोरोना संक्रमण फैलिए पछि कपिलवसतु जिल्ला प्रशासनले भोलि अर्थात साउन २३ गते लागु हुने गरी अत्यावश्यक सेवाका कार्यालय बाहेकका सम्पूर्ण सरकारी कार्यालय , बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
भोलि शुक्रबारबाट लागु हुने गरी जिल्ला प्रशासनले साउन ३२ गतेका राती १२ बजे सम्म लागु हुने गरी अति आवश्यक सेवाका कार्यालय बाहेकका सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्थाहरुको सेवा पूर्ण रुपमा बन्द रहने गरि आदेश गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।
कोरोनाको उच्च जोखिममा जिल्ला रहेको र पछिल्लो समय जन सम्पर्क अधिक हुने सरकारी कार्यालय, बैंक ,वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानिय प्रशासन ऐन २०२८को दफा ६ (३) र संक्रमण रोग ऐन २०२०को दफा ३ बमोजिम २०७७ सावन २३ गते विहान ५ बजे देखि २०७७ साउन ३२ गते राती १२ बजे सम्म लागु हुने गरी निर्देशन दिएको र कोहि कसैले उल्घन गरे कानुन बमोजिम कारबाहि गरिने समेत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
साथै मालबाहक ढुवानीका बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने र निजि सवारी साधनहरु (मोटर साइकल, स्कुटर समेत) जोरविजोर नम्बरका आधारमा (जोर गते जोर र विजोर गते विजोर) नम्बर संचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP