Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

क्वारेन्टाइन भित्रै मदिरा सेवन, व्यवस्थापन बेखबर

कपिलवस्तु


कपिलवस्तुको शिवराज नगरपालिकाले संचालन गरेको क्वारेन्टाइन भित्र मदिरा सेवन हुने गरेको पाइएको छ । नगरपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ कोरोना नियन्त्रण र रोकथामका लागी विगत ४ महिना देखि क्वारेन्टाइन संचालन गर्दै आएको छ । जिल्ला बाहिर र भारत तथा विदेशबाट आएकाहरुलाई १४ दिन सम्म राख्ने क्वारेन्टाइन मदिरा सेवन गर्ने थलोको रुपमा रहेको पाइएको हो ।
नेपाल सरकारले क्वारेनटाइन तथा आइशोलेशनमा मदिरा जन्य पदार्थ सेवन निशेध गरेको भए पनि नगरले संचालन गरेको राष्ट्रिय मा.वि.को क्वारेन्टाइनमा भने क्वारेन्टान भित्रै मदिरा सेवन गर्ने गरेको पाइएको छ । क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा लिएका स्वास्थ्य कर्मीको लापरवाहिले गर्दा क्वारेन्टाइन भित्रै मदिरा पान गर्न मिल्ने बाताबरण बनेको छ । भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरुले रातिको समयमा हरेक दिन जसो मदिरापान गर्ने गरेको क्वारेन्टाइनबाट फर्किएका एक जनाले नाम नबताउने सर्तमा मोफसल खबरलाई जानकारी दिए । उनका अनुसार राती क्वारेन्टाइबाट बाहिर निस्किएर मदिरा किनेर फेरी आफ्नो रुम ल्याउने खाने गर्दा समेत व्यवस्थापनको जिम्मा लिएका भने बेखबर रहेका छन ।
क्वारेनटाइनमा बसेपछि कोरोना संक्रमणको रिपोर्ट नआउन्जेल बाहिर निस्कन पाइदैन । रिपोर्ट नेगेटिभ आए पछि मात्रै घर जान पाइन्छ , रिपोर्ट पोजिटिभ आयो भने आइशोलेशन भर्ना गर्ने गरिन्छ । स्रोतका अनुसार राष्ट्रिय मा.वि.को क्वारेन्टाइनमा बस्नेहरुमा कसैको साथी संगी आफन्तले समेत मदिरा लगि दिने गरेको जनाएको छ । क्वारेन्टाइनको जिम्मेवारी पाएका नगरपालिका स्वास्थ्य कर्मि प्रमोद ज्ञवालीले भने कोठा भित्र हुने क्रियाकलापका बारेमा आफु अनभिज्ञ पन्छिन खोजे । उनले क्वारेन्टाइनबाट कोहि बाहिर ननिस्कने क्वारेन्टाइनको निगरानी कडाइ रुपमा गरेको समेत बताए ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराइलाई क्वारेन्टाइन भित्र मदिन लगेर सेवन गर्दा रहेछन भन्ने जिज्ञासा राख्दा क्वारेन्टाइनको जिम्मा स्वास्थ्य कर्मि ज्ञवालीको हो ,तर पनि यसे विषयमा के कसो हो छानविन हुने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP