Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

यी हुन् सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु

 काठमाडौँ ।आजबाट जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका विभिन्न सेवा बन्द भएका छन् । काठमाडौँ , ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच आज बसेको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा कोरोना संक्रमितका संख्या बढेसँगै विभिन्न सेवा प्रवाहमा रोक लगाइएको बैठकले जनाएको छ । संक्रमणले विकराल रुप लिदैँ गएपछि आइतबारदेखि उपत्यकामा सटडाउन गरिने भएको छ । यस्तै, काठमाडौँका प्रमुख व्यापारीक केन्द्र असन, महाबौद्ध, न्यूरोड क्षेत्र भने आज मध्यरातदेखि नै सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै संचालनमा रहने र बन्द भएका सेवाहरुबारे जनाकारी दिएको छ । जसमा शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, ठाडो निवेदन र उजुरी सम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन कार्य खुला रहने छन् भने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा बन्द रहने छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP