Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने, बाढी र पहिरोको जोखिम

काठमाण्डौ – आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको छ । 

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले घाम लागेको ठाउँको मौसम पनि दिउँसोपछि बादल लाग्नेछ । यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उहाँको भनाइ छ ।

आज दिउँसो देशभरिकै मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले नदी आसपास, तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलले आग्रह गर्नुभएको छ ।

 यसैबीच कास्कीको लुम्ले र आसपासका क्षेत्र तथा सिन्धुपाल्चोकको बाह्रबिसे र आसपासका क्षेत्रमा राति ठूलो पानी परेको र अझै पानी पर्ने सम्भावना रहेकाले एक्कासी बाढी आउने र पहिरो खस्न सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP