हरिश्चन्द्र बाग, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेश सरकारबाट कञ्चनपुर जिल्लामा सञ्चालन भएका योजनाको अनुगमन गरेको छ ।
प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न भएका योजना र संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण गरिएका योजनाको अनुगमन गरिएको समितिका सभापति हर्क बहादुर कुँवरले बताउनु भएको छ ।
उहाँका अनुसार, समितिले केही योजनामा सन्तोषजनक कार्य भएको पाइएपनि अधिकांश योजनाहरुको काममा चरम लापरवाही गरेको पाइएको छ ।
विभिन्न योजनामा भएको लापरवाही र अनियमितताका सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको सभापति कुँवरको भनाइ छ । स्थलगत अनुगमनका क्रममा भेटिएका सकारात्मक एवं नकारात्मक पक्ष दुवै केलाएर सरकारलाई नराम्रा पक्ष सच्याउन निर्देशन दिइने उहाँले बताउनु भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया