रमन वन, खोटाङ । खोटाङमा जेष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । एक कार्यक्रमका वीच जेष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा आज अपरान्ह १।०० वजे सदरमुकाम दिक्तेल बजारस्थित दिवासेवा भवनमा भएको कार्यक्रममा ८० वर्ष भन्दा माथिका ७ जना जेष्ठ नागरिकहरुलार्ई ज्याकेट वितरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय क्षेत्रीय कार्यलय धनकुटाबाट रु ३ लाख रकम स्वास्थ्य कार्यलय खोटाङमा प्राप्त भएपछि स्वास्थ्य कार्यालय खोटाङले सोही रकमबाट २०० थान ज्याकेट खरिद गरी वृद्ध वृद्धालाई जाडोको समयमा न्यानो बनाउने उद्धेश्यले ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देल, वडा नं। १ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, वरिष्ठ पत्रकार कृष्ण आचार्य विशेष अतिथि रहनुभएको सो कार्यक्रमका अध्यक्षता जेष्ठ नागरिक संघका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा ७० जना भन्दा बढी जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष घिमिरेका अनुसार आज वितरण भै बाँकी रहेका ज्याकेटहरु आगामी बैठकबाट निर्णय गरी अन्य जेष्ठ नागरिकहरुलाई उपलव्ध गराइनेछ । २०७० सालमा स्थापना भएको ज्येष्ठ नागरिक जिल्ला संघमा ५ सय बढी ज्येष्ठ नागरिक आवद्ध रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया