Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुखुम्बु – सोलु दूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो । 

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो । दूधकुण्ड क्षेत्रमा रहनुभएका फुछिरिङ शेर्पाले चोकर्मा फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताउनुभयो । पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उहाँको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । 
    
दूधकुण्ड क्षेत्रमा चौँरी गोठमा रहनुभएका लाक्पा लामाका अनुसार चोकर्मा पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताउनुभयो । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उहाँको भनाइ छ । उहाँले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बताउनुभयो । 

सांसदको टोलीले स्थलगत अध्ययन गर्ने
 
सोलुखुम्बु प्रदेशसभा (ख) का सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताउनुभयो । 

पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उहाँको भनाइ छ । शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमका कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

सल्लेरी सदरमुकामदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्नका लागि दुई दिन लाग्छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । ती तालको अवस्थाका बारेमा आधिकारिकरुपमा अध्ययन भने गरिएको छैन । ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामा क्षति पुग्नुको साथै कम्तीमा तीन बस्ती नै विस्थापित हुने बताइएको छ । ती बस्तीका मानिसलाई सुरक्षित साथ बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्मा) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले जानकारी दिनुभयो ।

सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेँसी क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाव केही मात्रामा कम भए पनि जोखिम भने कायम रहेको स्थानीयवासी नाम्गेल शेर्पाले बताउनुभयो । 

खोला किनारका स्थानीयवासीलाई समयमै सचेत नगराउने हो भने थप क्षति हुनसक्ने उहाँको भनाइ छ । सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौंरीगोठ तथा तीनवटा काठे साँगुसमेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण सङ्कलनमा ढिला गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP