Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आपूर्ति विभागले अबको १५ दिनसम्म अत्यावश्यक सेवामात्रै प्रवाह गर्ने

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि १५ दिनसम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको छ ।

काठमाण्डौ उपत्यकामा कोभिड-१९ को जोखिम बढेको भन्दै विभागले आजदेखि केही सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरे पनि कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवा केही दिनका लागि स्थगन गरेको हो ।तत्कालका लागि विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेड (प्रालि)को इजाजतसम्बन्धी सेवा स्थगित गरिएको जनाएको छ । 

यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम दैनिक बढीमा २०/२० वटा गरिनेछ । ती सेवा लिन अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत निवेदन तथा कागजात पेस गर्नुपर्ने र पेस गरिएको निवेदन स्वीकृत भएपछि मात्र कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ ।

यो अवधिमा बजार अनुगमन, आयात/निर्यात अनुमति तथा इजाजत र मुद्दासम्बन्धी काम भने नियमित सञ्चालन हुने विभागले जनाएको छ । विभागले अत्यावश्यक सेवा लिन आउँदा अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न पनि सेवाग्राहीसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP