Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रशासनको निर्देशनलाई धज्जी उडाउदै लघुबित्त

कपिलवस्तु प्रशासनको निर्देशनलाई अटेरी गर्दै चन्द्रौटा क्षेत्रका लघुबित्तहरुले दैनिक रुपमा कारोवार गरेको पाइएको छ । साउन २२ गते जिल्ला प्रशासनले जारी गरेको सुचनामा वैक तथा वित्तिय सस्थाहरु साउन ३२ गते सम्मको लागि बन्द गर्न निर्देशन दिएको थियो । चन्दौटा क्षेत्रका करिव डेढ दर्जन बैक तथा आधा दर्जन बिमा कम्पनी बन्द रहेको अवस्थामा लघुबित्तहरुले निर्देशनलाई बेवास्ता गर्दै कारोबार गरिरहेका छन ।

शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको डिप्रोक्स लघुबित्त वित्तीय संस्था,फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र सूर्याेदय लघुबित्तीय सस्थाले निर्वाध रुपमा कार्यलय संचालन गरेको पाइएको छ । लघुबित्तमा भिडभाड भएको भन्दै स्थानियहरुले गुनासो गरे छन् ।


सूर्याेदय लघुबित्तीय सस्थाका प्रमुख सुस्मा चौधरीले कार्यलयको आन्तरीकरुपमा काम गरिरहेको बताउनुभयो । प्रशासनको निर्देशनलाई अटेर नगरेको भन्दै आज बाटै कार्यालय बन्द हुने उहाँले बताउनुभयो ।

डिप्रोक्स लघुबित्त वित्तीय संस्थाका प्रमुख हैदर अलीले अतिआवश्यक काम भएर मात्र कार्यालय संचालन गरेको बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले निर्देशन अवज्ञा गरेमा नियमअनुसार कारवाही गरिने बताउनुभयो । वित्तिय सस्था खुलेको भन्ने सुचना आएको त्यस क्षेत्रमा प्रहरी पठाइने उहाँले बताउनुभयो ।


जिल्लामा समुदाय स्तरमा कोभिड १९ कोरोना संक्रमण फैलिए पछि कपिलवसतु जिल्ला प्रशासनले साउन २३ गते लागु हुने गरी अत्यावश्यक सेवाका कार्यालय बाहेकका सम्पूर्ण सरकारी कार्यालय , बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP