Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

सांसद केसीलाई कोरोना संक्रमण, नेपालगन्ज उपमहानगरपालिका पूर्णरुपमा शील

प्रदेश ५ मा सांसदलाई कोरोना देखिएको छ । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले गयराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिनुभएको हो ।

उहाँले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गर्नुभएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।

सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गर्नुभएको थियो ।

यसैबिच, कोरोना संक्रमण दर फेरि बढेपछि नेपालगन्ज उपमहानगरपालिका तीन दिनसम्म पूर्णरुपमा शील गरिएको छ । जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले गयराति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म नेपालगन्जलाई चारै दिशाबाट शिल गरेर हिँडडुलमा पूर्णतया रोक लगाएको हो ।

शील गरिएको अवधिमा सुरक्षा निकाय र स्वास्थ्यबाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भएको छ । यसअघि नै बाँकेमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP