काठमाडौँ । पार्टी एकता जोगाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका सांसदले हस्ताक्षर संकलन गरेका छन् ।
सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले दबाब आन्दोलन घोषणा समेत गरेका छन् ।सांसद एवं केन्द्रीय सदस्य रामकुमारी झाँक्री लगायतको नेतृत्वमा भएको हस्ताक्षर अभियानमा दुवै पक्षका सांसदले हस्ताक्षर गरेका छन् ।
९० जना सांसदको हस्ताक्षर संकलन गर्ने योजना रहेको नेतृ झाँक्रीले बताइन् । हस्ताक्षर संकलन अभियानमा विशाल भट्टराई, यज्ञराज सुनुवार, नारदमुनि राना लगायत सहभागी छन् ।उनीहरूले पार्टी एकता जोखाइ राख्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया