Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

बोक्सीको आरोपमा वृद्ध दम्पत्तीकाे हत्या गर्ने ४ पक्राउ

काठमाडौं । कञ्चनपुरमा बोक्सीको आरोप लगाउँदै एक महिला र उनका श्रीमानको हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।

साउन १६ गते राति एक बजे बेलौरी नगरपालिका वडा नम्वर ७ मा घनश्याम खाती र उनकी श्रीमती बेलुदेवी खातीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्वर ७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका वडा नम्बर २ का भर्रा भनिने ४५ वर्षीय रबि राना रहेका छन्।

पक्राउ परेका छिमेकी प्रकाश ऐरले बोक्सीको आरोप लगाउँदै रिसिबी राखी तन्त्रमन्त्र गर्ने नाममा भर्रा भनिने रबी रानासँग मिलेर दम्पत्तीको हत्या गरेको खुल्न आएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

छोरो घरमा नभएको मौकामा योजनाबद्ध तरिकाले वृद्ध दम्पत्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक थापाकाे  भनाई छ।

बेलुदेवीको घटनास्थलमै र उनका श्रीमानको कोहलपुर मेडिकल कजेलमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको थापाले बताए।उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP